काठमाडौं । यस वर्ष विश्व खाद्य दिवस महिनाव्यापी मनाइने भएको छ ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै खाद्य सुरक्षाका लागि काम गर्दै आएका विभिन्न संघ संस्थाहरुले खाद्यका लािग कृषि अभियानका रुपमा दिवसलाई महिनाव्यापी मनाउने भएका हुन् ।
यस वर्ष “हाम्रो पहल : सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण” भन्ने नाराका साथ अक्टोबर १० तारिकमा विश्व खाद्य दिवस मनाइँदैछ ।