काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
नवौँ अधिवेशन अन्तर्गतको दोस्रो बैठक सुरु भए लगत्तै एमालेका सांसदहरुले रोस्टम घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक सांसदहरुको समस्या बुझेको र बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए । तर एमाले सांसदहरुको बारम्बारको नारापछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।