• फाल्गुन २८ २०८२, बिहीबार

भारतीय जनता पार्टीका नेता माधव काठमाडौं ओर्लिए

भाद्र २४ २०७८, बिहीबार

काठमाडौं । अमेरिकाबाट आएकी एमसीसीकी उपाध्यक्ष राजनीतिक भेटमा व्यस्त रहेका बेला भारतीय जनता पार्टीका नेता राममाधव काठमाडौं आएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रखर आलोचक मानिएका नेता माधव अनौपचारिक भ्रमणका लागि भन्दै काठमाडौं आइपुगेका छन् । नेपालमा दार्चुला घटनामा भारतीयको संलग्नता रहेको भन्ने सरकारी निष्कर्ष निष्किएलगत्तै उनी काठमाडौं आएका हुन् ।

मोदी विरोधी नेताका रुपमा परिचित उनको अनौपचारिक भ्रमणलाई महत्वका साथ हेरिएको स्रोतको दाबी छ ।
उनी बिहीबार नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौं ओर्लिएका थिए ।