• फाल्गुन २८ २०८२, बिहीबार

नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउँ भन्दै सर्वोच्चमा रिट दायर

भाद्र २३ २०७८, बुधबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । नेकपा एमालेका दुईजना संघीय सांसदले सो रिट दायर गरेका हुन् ।

एमालेसँगको सम्बन्ध तोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जोडिए पनि निर्वाचन आयोगमा सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्य सोम पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले रिट दायर गरेका हुन् ।

दल विभाजनका लागि भदौ २ गते निर्वाचन आयोगमा पेश गरिएको हस्ताक्षरमा नाम नभएको भन्दै आयोगले उनीहरुको सनाखत गर्न अस्वीकार गरेको थियो । उनीहरुले एमालेले कारबाही गर्न नपाउने अन्तरिम आदेशकोसमेत माग गरेका छन् ।