काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन्छ भनेर भरपर्न नसकिने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठक अघि बोलाइएको एमाले संसदीय दलको बैठकमा सांसदहरुलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
लोकतन्त्र मास्नका लागि हतियार उठाएका तत्वहरु अहिले सक्रिय भएको र उनीहरु गठबन्धनमा संलग्न रहेको उनको आरोप छ।
‘यो गठबन्धनमा अनेक तत्वहरु रहेका छन्। आफ्ना स्वार्थका लागि जे गर्नपनि तयार हुने र कुनै दृष्टिकोण विहीन तत्व रहेका छन्’ उनले भने ‘ यिनीहरुबाट लोकतन्त्रको रक्षा हुन्छ भनेर भर पर्न सकिँदैन।’