• बैशाख २८ २०८३, सोमबार

गृह मन्त्रालयको कार्यसम्पादनमा झापा, अर्घाखाँची र रुकुम(पूर्व) उत्कृष्ट

भाद्र २३ २०७८, बुधबार

काठमाडौं । गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा झापा, अर्घाखाँची र रुकुम(पूर्व) अति उत्कृष्ट सहित प्रथम बनेका छन् ।

मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले गरेको मूल्याङ्कन अनुसार ती जिल्ला अति उत्कृष्टसहित प्रथम भएका हुन् ।

मन्त्रालयका अनुसार ललितपुर र रुकुम पश्चिम उत्कृष्ट कार्यसम्पादनसहित दोस्रो र गुल्मी तेस्रो स्थानमा परेका छन् ।

विभिन्न ६ वटा विषयगत क्षेत्र शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय सदाचार र आर्थिक अनुशासनसँग सम्बन्धित कार्यसम्पादनको समग्र मापनका आधारमा मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ ।