काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर राजनीतिकरण गर्न खोजिएको बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले एमसीसीका बारेमा भ्रम सिर्जना गरेर राजनीतिकरण गर्न खोजिएको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले नेपालको विकासका लागि एमसीसी एकाएक आएको विषय नभएको र कानूनी प्रक्रिया पूरा गरेर सरकारले प्राप्त गरेको अनुदान भएको बताएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताएको सचेतक भुसालले जनाइन् ।