• मंसिर १२ २०८१, बुधबार

कुश के हो ? यसको उत्पत्ति कसरी भयो ?

भाद्र २२ २०७८, मंगलवार

कुश के हो ? यसको उत्पत्ति कसरी भयो ? कसरी घरमा ल्याईन्छ र के–के काममा प्रयोग गरिन्छ भन्ने जस्ता विषयमा सामान्य जानकारी हुनु राम्रो मानिन्छ । कुश बाहिरी आँखाको हेराइमा खर (उर्लुक) वा शिरुजस्तै एक प्रकारको घाँस हो । तर आध्यात्मिक दृष्टिबाट यो पवित्रतम् वस्तु हो । यो तराईभागमा प्रसस्त पाईन्छ भने पहाडी भागमा कम मात्रामा पाईन्छ ।

वराहरुपी विष्णुले पृथ्वीको उद्दार गरेपछि यज्ञबराहको रुपमा प्रार्थना गर्दा रौं लाई नै कुशको रुपमा मानेको विश्वास छ भने कतै विष्णुले समुन्द्र मन्थन गर्दा कुशको उत्पत्ति भएको हो भन्ने धारणा पनि रहेको र्पान्छ । यस्तै वृन्दाको श्राप पुरा गर्न भागवान बिष्णुले कुशको रुप धारण गर्नु भएको व्यहोरा श्री स्वस्थानी ब्रतकथा प्रसङ्गमा पाइन्छ ।

अर्को प्रसङ्गमा बिरन्तीना सहोत्पन्न मन्त्रअनुसार सृष्टिकर्ता ब्रह्माजीका साथसाथै कुशको पनि उत्पत्ति भयो भन्ने मान्यता छ । यसरी अलौकिक शक्तिद्वारानै कुशको उत्पत्ति भएको हो भन्ने कुरा स्पष्ट रुपमा बुझ्न सकिन्छ ।

कुश घरमा ल्याउने यस पवित्र दिनमा सबेरै उठी, स्नानआदि कर्म सम्पन्न गरी सुद्ध, सफा सेतो वस्त्र लगाई कुश भएको ठाउँमा गई ’ॐु मन्त्र उच्चारण गर्दै कुशलाई स्पर्श गर्ने र सँगै लगेको जौ, तिल, चन्दनले पुजा गर्दै यस मन्त्रले प्रार्थना गर्ने चलन छ ।