• फाल्गुन २८ २०८२, बिहीबार

सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु आपत्तिजनक : प्रकाशमान सिंह

भाद्र २१ २०७८, सोमबार

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । कांग्रेस सिन्धुपाल्चोकले काठमाडौँमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन नमिल्ने बताए ।
स्वतन्त्रताको वकालत गर्ने पार्टी कांग्रेस भएकाले कांग्रेसकै सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सोच विचार गरेर कदम चाल्नुपर्ने उनको भनाइ छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृहमन्त्रालयले आइतबार निकालेको विज्ञप्ति प्रति लक्षित गर्दै नेता सिंहले भने, ‘सरकारले जनताको दुखमा साथ दिनु पर्दछ । सधै जनाताको पक्षमा हुनुपर्दछ। गृहमन्त्रालय बाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ । यसमा सरकार सच्चिनु पर्दछ ।’

साथै नेता सिंहले अन्यन्त प्रतिकुल अवस्थामा पनि विचलित नहुने पार्टी भएको भन्दै साना–साना कुरामा हतोत्साही हुने काम सरकारले गर्नु नहुने बताए ।