काठमाडौं । काठमाडौं आसपासका क्षेत्रमा रातभर परेको भारी वर्षाका कारण खोला किनारमा रहेका ३५० घर डुबानमा परेका छन् ।
त्यस्तै १५० बढीको उद्धार गरिएको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए।
काठमाडौंका कोटेश्वर, बल्खु, कुलेश्वर, बालाजु बसपार्क, शंखमूल, कालीमाटी बजारक्षेत्रका घरहरु डुबानमा परेका छन् ।
प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षती भने भएको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राती साढे ३ घण्टामा १०५ मिलिमिटर वर्षा मापन गरिएको थियो।