• बैशाख २८ २०८३, सोमबार

मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा विशेष योगदान दिने व्यक्ति तथा संस्था सम्मानित हुँदै

भाद्र २० २०७८, आईतवार

काठमाडौं । नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिने व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गर्ने भएको छ ।

आइतबार आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औ राष्ट्रिय दिवसका अवसरमा पुरस्कृत तथा सम्मानित हुने व्यक्ति तथा संस्थाको नाम घोषणा गरिएको हो ।

पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्ति तर्फ प्रहरी प्रधान कार्यलय मानव बेचबिखन अनुसन्धान व्युरोबाट प्रहरी निरिक्षक श्रीराम थापा, कान्तिपुर दैनिककी ज्याेति कटुवाल, इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रु, शक्ति समूहकी माया तामाङ, रहेका छन् । यसैगरी संस्थागत तर्फ जिल्ला प्रहरी कार्यलय कैलाली, हिमालय टाइम्स, हाम्रा कुरा अनलाइन र पौरखी नेपाल रहेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस  पूजा गर्ने विषयमा विवाद हुँदा झडप, घाइतेको हेलिकप्टरबाट उद्धार

प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमूख आतिथ्यमा आयोजित समारोहको अध्यक्षता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिब याम कुमारी खतिवडाको अध्यक्षतामा भएको थियो ।

संसदमा महिला तथा सामाजिक समितिकी सभापति निरुदेबी पालले सुभाराम्भ गरेकाे भएको कार्यक्रमको सञ्चालन मन्त्रालयका सहसचिव रोशनी कुमारी श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा मन्त्रालयकी सचिव खतिवडाले मानवबेचबिखनमुक्त समाज निर्माण गर्न सबैको ऐक्यबद्धता आवश्यक पर्ने बताउदै आफनो आफनो ठाउँबाट योगदानको अपेक्षा गरे ।