काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबलमा भारतले अग्रता लिएको छ । भारतको अग्रतालाई तोड्न नेपालले १ गोल फर्काउन सफल भएको छ ।
दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि ८६ मिनेटमा तेज तामाङले गोल गरेका छन् ।
यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । आजको खेलमा नेपाल २-१ गोल अन्तरले पछि परेको छ ।