• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपति समक्ष भाषा आयोग र दलित आयोगले बुझाए प्रतिवेदन

भाद्र २० २०७८, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन पेश गरिएको छ ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आजै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।