• बैशाख २८ २०८३, सोमबार

नख्खु कारागारमा कैदीबन्दीबीच झडप

भाद्र २० २०७८, आईतवार

काठमाडौं । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप भएको छ । आइतबार दिउँसो कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दी र नाइकेबीच झडप भएको हो ।

नाइकेहरुले कारागारमा रहेको होटेलको खानेकुराको मूल्यदर बढाएको विषयमा झडप भएको कारागार स्रोतले जनाएको छ।

झडपका क्रममा केही कैदी घाइते भएको बताइएको छ। झडप नियन्त्रणमा लिन ललितपुर प्रहरीले जावलाखेलको प्रहरी टोली खटाएको थियो ।

अहिले विवाद समाधानका लागि कारागार प्रशासन, प्रहरी र कैदीबन्दीबीच छलफल भइरहेको जनाइएको छ।