• मंसिर १३ २०८१, बिहीबार

बालबालिकालाई निमोनिया भए के गर्ने ?

भाद्र १९ २०७८, शनिबार

फोक्सोमा हुने संकमणलाई निमोनिया भनिन्छ । बच्चालाई धेरै हुने समस्यामध्ये निमोनिया पहिलो नम्बरमा आउँछ। यो रुघाखोकी बिग्रेर हुन्छ । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हाले हुन्छ। कडा निमोनियाले मृत्यु पनि हुन सक्छ।

निमोनियाको रोकथाम :
१. बच्चालाई जन्मेको ६ महिनासम्म आमाको दुध मात्र खुवाउने। त्यसपछि आमाको दुधको साथै थप खाना खुवाउने।
२. नियमित खोपहरु लगाउने।
३. नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने।
४ धुमपान नगर्ने, घर भित्र धुवाँ कम गर्ने र वातावरण स्वच्छ राख्ने।