काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उपाध्यक्षबाट राजीनामा दिएका वामदेव गौतमलाई उपप्रधानमन्त्री हुन शेरबहादुर देउवाकाेमा निवेदन हाल्न सुझाएका छन्।
शनिबार एमाले काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘उपप्रधानमन्त्री हुन मन लाग्यो भने केपी ओली तानाशाही हुनुभयो। पाटीले भनेको मान्नुभएन। हामीले भनेको मान्नुभएन। तपाईले विकासको काम मात्रै गर्नुभयो रे। उता सिधै उपप्रधानमन्त्री हुन पाउ भने भइहाल्यो नी केपी शर्मा ओलीलाई किन गाली गर्ने ?’
उनले एउटाको नजिक हुनको लागि अर्कोलाई गाली गर्ने प्रवृत्ति बढेको बताए।