• फाल्गुन २८ २०८२, बिहीबार

भदौ २३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

भाद्र १९ २०७८, शनिबार

काठमाडौं । सरकारले यही भदौ २३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गरेकी थिइन्।