नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई पक्राउ गरिएको छ ।
बाँके प्रहरी टोलीले विमानस्थलको आगमन कक्ष बाहिर शंकास्पद रुपमा रहेका उनीहरुलाई सोधपुछ तथा खानतलासी गर्दा उक्त सुन बरामद भएको हो ।
श्री एयरलाईन्सको काठमाडौँ–नेपालगञ्जको नियमित उडानमार्फत आएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।
झापा खादुनावारी-६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ-२ बस्ने वर्ष २८ का बुद्धिमान खातीलाई शुक्रबार दिउँसो सो परिमाणको सुन सहित प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा तिलहरी १ थान, बाला १ थान र गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम ) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन बरामद भएको उले बताए ।