काठमाडौं । आइतबारबाट मनकामना केबलकार पुन: सञ्चालन हुने भएको छ ।
कोरोना त्रासबीच बन्द रहेको केबलकार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
‘सेवा पुन: सञ्चालन गर्न मर्मत र सरसफाइको काम गरिरहेका छौं,’ शेरचनले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा दिन्छौं ।’
कोरोना संक्रमणलाई दृष्टिगत गरी कम्पनीले यसअघिदेखि नै नगदरहित कारोबार ई–सेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था मिलाएको छ ।