हेटौंडा। नेकपा एमालेकी बागमती प्रदेश सभा सदस्य मीना ज्ञावलीले नेकपा (एकीकृत समाजवादी) तर्फ लागेकी छिन्। शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उनले एकीकृत समाजवादीमा सनाखत गरेकी हुन्।
ज्ञवालीले नेकपा एमाले छोडे सँगै १३ जना प्रदेश सभा सदस्यहरु समाजवादीमा खुलेका छन्। यससँगै एमालेको सांसद संख्या ४३ पुगेको छ।