• बैशाख २८ २०८३, सोमबार

सल्यानमा बस दुर्घटना, १५ जना घाइते

भाद्र १८ २०७८, शुक्रबार

सल्यान। सल्यानको कपुरकोट सोलावाङ्गमा यात्रु बाहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङबाट रुकुम पश्चिमका लागि जाँदै गरेको रा १ ख १७९२ बस सल्यान कपुरकोट ३ मा दुर्घटना भएको हो । गाडीमा २८ यात्रु सवार रहेका थिए ।

घाइतेहरूलाई उपचारका लागि राप्ती क्षेत्रीय अस्पताल दाङ पठाउने क्रम जारी रहेको कपुरकोट प्रहरीले जनाएको छ । घाइतेहरूको थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।