• बैशाख २८ २०८३, सोमबार

विद्युत् प्राधिकरणले माग्यो ३३९ स्थायी कर्मचारी

भाद्र १८ २०७८, शुक्रबार

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले ३ सय ३९ स्थायी कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ।
शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न पदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो।

अधिकृत र सहायकस्तरमा सह-निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुनेछ।

इच्छुक योग्य नागरिकले अगामी असोज ७ गतेसम्म आवेदन दिन सक्ने र दोब्बर दस्तुर तिरेर असोज १४ गतेसम्म पनि दिन सक्ने प्राधिकरणले जनाएको छ।