काठमाडौं । नेपाली काग्रेसको १४ औं महाधिवेशनको लागि आजदेखि अन्तर्गत आज (शुक्रबार)बाट वडा अधिवेशन वडा अधिवेशन सुरु हुँदै छ ।
वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ। केन्द्रीय महाधिवेशन मङ्सिरको ९ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ।
क्रियाशील सदस्यताको नामावली पुुगेका ५६ जिल्लाका वडामा वडा अधिवेशन सुरु गरिने भएको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ५६ जिल्लामा पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक गरिएकाले अब महाधिवेशन प्रक्रिया सुरु गरिएको बताए ।