• मंसिर १२ २०८१, बुधबार

‘नेपाल भ्लग च्यालेन्ज’ ! विजेतालाई १० लाख रुपैयाँ राशि

भाद्र १७ २०७८, बिहीबार

काठमाडौं । नेपालमा ‘नेपाल भ्लग च्यालेन्ज’ घोषणा गरिएको छ । आयोजकले विजेता भ्लगका लागि १० लाख रुपैयाँ राशिको पुरस्कार राखेको छ ।

विश्व भ्लग च्यालेन्जमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यसहित विजेताले विश्वका १० ख्यातिप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरुसँग सगरमाथा आधार शिविरमा साहासिक पदयात्रा गर्न पाउने समेत जनाइएको छ ।

उक्त प्रतिस्पर्धाको निर्णायकमा निश्चल बस्नेत, सिसन बानियाँ, गिरिश खतिवडा, मिलन थापा र रोहित शाक्य रहने छन् ।

निर्णायक मण्डलले सात वटै प्रदेशबाट फाइनालिष्ट भ्लगको छनोट गर्ने जनाइएको छ । जसमध्ये एउटा भ्लगलाई अनलाइन मतदानको माध्यमबाट सर्वोत्कृष्ट चयन गरी विजेता घोषित गरिने छ ।

सर्वोत्कृष्ट हुने भ्लगले १० लाख रुपैंयाको नगद पुरस्कार जित्नुका साथै ‘विश्व भ्लग प्रतिस्पर्धा’का लागि सहभागी हुने टिकट समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा भाग लिन इच्छुक चलचित्र निर्माताहरुका लागि आयोजकले आफ्नो भिडियोहरु वेवसाइटमार्फत पठाउन सकिने जनाएको छ ।

प्रतियोगिताको विजेता बन्नेले अष्ट्रेलिया, कोलम्बिया, मेक्सिको, फिलिपिन्स, थाइल्याण्ड र अमेरिका सहितका १० ख्यातीप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरुसँग सगरमाथाको  आधार शिविरमा साहासिक पदयात्राका निम्ति प्रस्थान गर्न पाउने छ ।

सगरमाथामा किर्तिमानी २५ पटक पाइला टेक्ने विश्वप्रसिद्ध आरोही कामी रिता शेर्पाले पदयात्राका लागि मुख्य तालिम—प्रशिक्षक (हेड कोच) गर्ने जनाइएको छ ।