काठमाडौं । दार्चुलाको तुइन घटनाबारेमा नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले अस्वीकार गरेको छ ।
भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले नेपालको आन्तरिक प्रतिवेदन भन्दै भारतले त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए ।