• फाल्गुन २८ २०८२, बिहीबार

हाम्रो बीचमा खटपट छैन, एक जनाले मात्रै सभापतिमा उम्मेदवारी दिन्छौँ : पौडेल

भाद्र १७ २०७८, बिहीबार

काठमाडौँ। नेपाली कांग्रेस संस्थापनइतर समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ ।

बिहिबार पत्रकार सम्मेलन गर्दै नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालाले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएका हुन् ।

‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं । हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ ।’ पौडेलले भने, ‘हामी चारजनामध्ये एक जनाले मात्रै उम्मेदवारी दिन्छौँ । हाम्रो बीचमा खटपट छैन । एकतावद्ध भएर जान्छौँ ।’