• बैशाख २७ २०८३, आईतवार

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ पक्राउ

भाद्र १६ २०७८, बुधबार

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीले पोखराबाट एक महिला र एक पुरुषलाई  पक्राउ गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पोखरा महानगरपालिका ०६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी संचालिका इलाम माई नगरपालिका ०८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राईलाई सोमबार प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनले आफ्नो रेष्टुरेन्टमा खाजा नास्ता बनाउने तथा वेयटरको काममा लगाईदिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका ०६ खहरे चोकस्थित होटल लिटिल ह्यावेनका संचालक नुवाकोट तारकेश्वर गाउँपालिका ०४ घर भएका विशाल भन्ने २७ वर्षीय विष्णु श्रेष्ठलाई पनि मंगलबार बिहान पक्राउ गरेको प्रहरीले बताएको छ । उनले कुकको काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रासमा पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको कास्की प्रहरीले बताएको छ ।

उनीहरु उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ३ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालाय कास्कीले जनाएको छ ।