काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६ सय १२ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६४८ जना र ४ हजार ३ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४०४ जना गरी जम्मा २,०५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३० जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने थप २० जना संक्रमितको मृत्यु भएको छ ।