• मंसिर १३ २०८१, बिहीबार

राती कुन समयमा खाना खानुहुन्छ ? राती अबेर खाँदा के हुन्छ ?

भाद्र १५ २०७८, मंगलवार

प्राय हामी सबैको भोक लागेको बेला मात्रै खाना खाने बानी छ । अझ रातको समयमा खाना कुन बेला खाने भन्ने टुंगो हुँदैन । कसैले रातको खानाले मोटाइन्छ भनेर भरसक राती खाना नै खादैनन् ।
कतिपयले  रातको खाना  १० बजे खान्छन् भने कोहि त्यो पनि खान भ्याउदैनन् । कति ठाँउमा भने रातको खाना ६/७ बजे खाने  गरेको पनि पाइएको छ ।

खाना कुन बेला खाने, कति खाने भन्ने कुरा निर्धारण हुनुपर्छ । राती खाना खानु स्वास्थ्यका हिसाबले त्यती अनुकुल मानिदैन । जब हामी राती अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ ।

अबेर खाना खाने गर्नाले शरीरमा आवश्यक्ताभन्दा बढी क्यालोरी जम्मा हुने, वोसो लाग्ने, मोटोपन बढ्ने जस्ता समस्या हुने गर्दछ ।

अबेर खाना खानु ठीक हुँदैन । जतिसक्दो बेलैमा खाना खानुपर्छ । अबेर नै भएपनि भ्याएसम्मको रातीको खाना सुत्नुभन्दा दुई वा तीन घण्टा अघि खाना खानु उत्तम हो ।  खाना बेलैमा खाने गर्नाले अनावश्यक तौल बढ्दैन । वा तौल नियन्त्रण हुन्छ । गहिरो निद्रा लाग्छ । बिहान उठ्दा शरीर हल्का महसुष हुन्छ । पेट भारी हुँदैन । यसले मुटुमा पनि सकारात्मक प्रभाव पार्छ । फ्याट र कोलोस्टोरको समस्या कम हुन्छ । पेट सम्बन्धीका समस्याहरु हट्छ ।