काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने बताएका छन् ।
नेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले स्वार्थहरुका पोका एक ठाउँ भेला पारेर बनाएको गठबन्धन अब आगामी चुनावको बेला देखिने बताएका हुन् ।
अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार राजनीतिलाई पनि कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका हुन् ।
उनले भने, “राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । कान्लाकान्ला, भिरभिर कुद्छन् । निर्वाचन आयोग संविधान, कानुनको राजमार्ग छोडेर भित्तातिर ठोकिन जान्छ । सम्मानित अदालतको कुरै नगारौँ । त्यहाँ बसेपछि जे गर्दा नि भयो । अहिले त्यही भइराखेको छ ।”