• फाल्गुन २८ २०८२, बिहीबार

वाग्मती प्रदेशमा एमालेका १२ सांसदले रोजे नेकपा एकीकृत समाजवादी

भाद्र १५ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेबाट निर्वाचित वाग्मती प्रदेशका १२ सांसद एमाले त्यागेर माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।

मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा उपस्थित भएर उनीहरुले नेकपा (एस) लाई साथ दिने भन्दै दल हस्ताक्षरमामा सनाखत गरेका हुन् ।

एमाले छाडेर नेकपा (एस)तिर जाने सांसदहरुमा राजेन्द्र पाण्डे राजेन्द्रमान श्रेष्ठ,लक्ष्मण लम्साल,बसुन्धरा हुमागाईं,रमा आले मगर,बसन्त मानन्धर,कुसुम कार्की,पार्वती सिलवाल,इन्द्रमाया गुरुङ,मुनु सिग्देल,माधव पौडेल,कृष्ण खनाल रहेका छन् ।

उनीहरुसँगै अझैँ पनि केही सांसदहरु एमाले छाडेर नव गठित नेकपा (एस) मा आउन लागेको बताइएको छ ।

वाग्मती प्रदेशमा बहुमत रहेको एमालेमध्ये नेपाल समूहका सांसदहरुले एमाले छाडेर नयाँ दलमा आएसँगै मुख्मन्त्री शाक्यको पद अल्पमतमा परेको छ ।