• मंसिर १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप २,२९५ जनामा कोरोना सङ्क्रमण , १६ को मृत्यु

भाद्र १४ २०७८, सोमबार

काठमाडौँ। देशभर थप पछिल्लो २४ घण्टामा थप २,२९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९०२ जना र ४ हजार ३४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९३ जना गरी जम्मा २,२९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ४४ हजार ४८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार २३३ जनाको परीक्षण हुँदा हालसम्म कुल ४३ लाख ७१ हजार ८६९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।