• फाल्गुन २८ २०८२, बिहीबार

मन्त्रिमण्डललाई पूर्णता दिन बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

भाद्र १४ २०७८, सोमबार

काठमाडौँ। मन्त्रिमण्डललाई पूर्णता दिन प्रधानमन्त्री निवास बालुवाटारमा  सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतबीच बिहान ९:३० बजेदेखि छलफल जारी छ ।

देउवा प्रधानमन्त्री भएको डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

गठबन्धनका दलबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भएपछि आजै सम्बन्धित दलले मन्त्री बन्नेहरुको नाम दिने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।