• मंसिर १३ २०८१, बिहीबार

नेपालमा लगाइएका खोपहरु प्रभावकारी देखियो,खोप लगाएका ९० प्रतिशतमा एन्टिबढी तयार

भाद्र १३ २०७८, आईतवार

काठमाडौं । नेपालमा लगाइएका कोरोना विरुद्धको खोप प्रभावकारी देखिएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएअनुसार
पहिलो मात्रा खोप लगाएका ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएका खोप लगाइएकामा ९० प्रतिशतमा एन्टिबढी तयार भएको देखिएको जनाएको छ । जति बढी मानिसमा एन्टिबढी तयार हुन्छ खोपहरु त्यति बढी प्रभावकारी हुने मन्त्रालयको भनाई छ ।

एन्टिबढी विकसित भएको देखिए पनि मास्क लगाउने,सामाजिक दुरी कायम गर्ने,हात धुने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुनै कोरोना महामारी नियन्त्रणको प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ ।