सुर्खेत। बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गर्दै सुर्खेतमा विरोध प्रदर्शन भएको छ । राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ सुर्खेतले विरोध प्रदर्शन गर्दै ¥याली निकालेका हुन् । उनीहरुले वीरेन्द्रनगरस्थित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यालय अगाडि चर्का नाराबाजी समेत गरेका छन् ।
मन्त्री शाहीमाथि बलात्कारको आरोप लागेकाले राजिनामा दिनुपर्ने उनीहरुको माग छ ।