• फाल्गुन २८ २०८२, बिहीबार

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल चयन,राष्ट्रिय सभामा वेदुराम भुसाल

भाद्र १३ २०७८, आईतवार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)संसदीय दलको नेतामा अध्यक्ष माधव कुमार नेपाल चयन भएका छन्। आइतबार बसेको नेकपा(एकीकृत समाजवादी)को संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो। नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा २३ सांसद छन्।

यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरु पदाधिकारीहरु भने पछि चयन हुने बताइएको छ।

एकीकृत समाजवादीका राष्ट्रिय सभामा ७ सांसद छन्।