• फाल्गुन २८ २०८२, बिहीबार

नेपाललाई रावलको जवाफ-‘अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पनि फर्किनुपर्ने हो’

भाद्र १३ २०७८, आईतवार

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काएका छन्।शनिबार अध्यक्ष नेपालले अगाडि बढ्न धकेलेको तर पार्टी गठन गर्ने बेला भागेको भन्दै कटाक्ष गरेपछि नेता रावलले नामै नलिइ आइतबार सामाजिक सञ्जाल मार्फत जवाफ फर्काएका हुन् ।

उनले धकेल्दा धकेलिने व्यक्ति फर्काउन खोज्दा पनि फर्कनुपर्ने तर्क गरेको छन्।
रावलले ट्वीटमा लेखेका छन्, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।’

यस्तै द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति भए पनि सहमति भइसकेपछि मेलमिलाप गर्नु मुख्य कुरा हुने उनको भनाइ छ ।

‘द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’