• फाल्गुन २८ २०८२, बिहीबार

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

भाद्र १३ २०७८, आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । आइतबार बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बैठकले बस्न लागेको हो।

आजको बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चुनिने जनाइएको छ।

नेकपा एमालेबाट अलग भएर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् । सो पार्टीलाई निर्वाचन आयोगले मान्यता दिंदै ९ भदौमा दल दर्ताको प्रमाणपत्र दिएको थियो । तर दलको नेता चयन हुन बाँकी छ ।