काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको जनाइएको छ।
छलफलका लागि प्रचण्ड एक घण्टाअघि नै बालुवाटार पुगेका थिए ।
शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो ।
नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।