• बैशाख २७ २०८३, आईतवार

पहिरोले नागढुंगा-नौबिसे सडक अवरुद्ध

भाद्र १३ २०७८, आईतवार

धादिङ । त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

अविरल वर्षाको कारण धादिङ र काठमाडौं जिल्लाको सीमा क्षेत्रमा पर्ने चिसापानी भन्ने स्थानमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

अहिले त्यहाँ सवारी आवागमन ठप्प भएको छ ।

यसअघि हिजो खसेको पहिरो पन्छाएर सवारी सञ्चालन गरिएकोमा आज पुनः चिसापानीमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो ।

केही दिनदेखि परेको अविरल वर्षका कारण त्रिभुवन राजपथ र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम जारी छ ।