• बैशाख २७ २०८३, आईतवार

पाल्पामा घर भत्कियो, १० वर्षीया बालिका च्यापिइन्

भाद्र १३ २०७८, आईतवार

पाल्पा । लगातारको वर्षाका कारण घर भत्किँदा पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गएराति साढे दुई बजेको समयमा एकतले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फको गारो भत्किएर च्यापेको थियो ।

गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो ।