दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त सुपरिटेन्डेन्ट डा.विनोद सिंहमाथि भएको आक्रमणको बिरोधमा आजदेखि दाङका सम्पूर्ण स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द गरिने भएको छ ।
नेपाल चिकित्सक संघ दाङ शाखाले विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो । संघले सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा बन्द गर्ने जनाएको छ ।
३ दिनअघि ओली एमाले निकट कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै सो अस्पतालका डाक्टर सिंहलाई कालोमोसो दलेका थिए ।
सो घटनाको विरोध भइरहेको छ भने मोसो दल्नेमा संलग्नलाई एमालेले कारवाही गरिसकेको छ ।