काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालले पार्टी छाडेर जाँदैमा केही फरक नपरेको बताएका छन्।
शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका नेता नेपाललाई ओलीले भने, ‘एकदुई वटा पात खस्दैमा पीर मान्नुपर्ने अवस्था छैन। रुखबाट पात झरेर केही हुँदैन। नयाँ-नयाँ पात पलाउँछ।’
आफूलाई षड्यन्त्र गरेर हटाएको हुनाले आगामी निर्वाचनमा एमालेले त्यसको बदला लिने दाबी गरेको छ ।
ओलीले दाबी गर्दै भने, ‘एमालेसँग एक्लै कसैले नचिताए हुन्छ। त्यसैले मिलेर मोर्चा बनाएर लड्ने रे१ एकसय बीस जनाको मोर्चा बनाएर एमालेसँग लड्ने रु अरुले मोर्चा कसून्। नेकपा एमालेलाई त्यसले फरक पार्दैन ।’