• बैशाख २७ २०८३, आईतवार

बुद्धिमानले पहिला श्रीमतीको हत्या गरे, पछि आफैले गरे आत्महत्या

भाद्र १२ २०७८, शनिबार

काठमाडौं । भोजपुरमा एकजनाले पहिले श्रीमतीको हत्या गरी पछि आफैले आत्महत्या गरेका छन् । जिल्लाको षडानन्द नगरपालिका–९ तालखर्कका ४० वर्षीय बुद्धिमान राईले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् ।

शनिबार बिहान राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
प्रहरीका अनुसार श्रीमतीको हत्यापछि आफू घरबाट करिब ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

आमालाई खुकुरी प्रहार गरेको देखेपछि ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । स्थानीय पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको थियो । श्रीमानलाई खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

घटनास्थालमा इलाका प्रहरी कार्यालय साङ्पाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरि कार्यालय भोजपुरले जनाएको छ ।