• बैशाख २७ २०८३, आईतवार

सुदूरपश्चिममा भीम रावललाई धक्का

भाद्र १२ २०७८, शनिबार

धनगढी । एमाले नेता भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । उनको रोजाइ अनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो ।

यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो । एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उनलाई आफ्नो पकड सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लाग्ने देखिएको छ ।

नवगठित नेकपा एकीकृत समाजवादीतर्फ देखिन थालेका छन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित २५ सदस्य छन् । विगतमा सभामुखबाहेक २४ सांसदमध्ये १७ जना नेपाल पक्ष र सातजना ओली पक्षमा थिए ।

माधव पक्षमा रहेका १७ जना नै रावलनिकट थिए । ती मध्ये अधिकांश रावलको साथ छोडेर नेपाल पक्षमा खुलेका छन् । आजको यो समाचार नागरिक दैनिकमा छ ।