• बैशाख २७ २०८३, आईतवार

राजदूत बेरीद्वारा काबुलमा भएको आत्मघाति विस्फोटप्रति दुःख व्यक्त

भाद्र ११ २०७८, शुक्रबार

काठमाडौं। काठमाडौंस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाति विस्फोटप्रति दुःख व्यक्त गरेका छन् ।

शुक्रबार एक वक्तव्य जारी गर्दै राजदूत बेरीले यो दुःखको समयमा काठमाडौंस्थित दूतावास अफगान नागरिकको साथमा रहेको बताएका छन् । उनले सो बम विस्फोटमा १३ जना अमेरिकी सेनासहित अफगानी नागरिक मारिएकोमा दुःख व्यक्त गरेका छन् । उनले ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकटसमेत गरेका छन् ।

वक्तव्यमा बेरीले अफगानिस्तानबाट करिब ८ सय नेपालीको उद्धारमा खटिएको अमेरिकी सेनाकोसमेत स्मरण गरेका छन् । यो कठिन अवस्थामा पनि अमेरिकी सेनाले अभूतपूर्व काम गरेको बताएका छन् । राजदूत बेरीले मानवता, स्नेह र मायाले नै विश्वलाई एक बनाउने बताएका छन् ।