• बैशाख २७ २०८३, आईतवार

सप्तकोशीमा पानीको बहाव उच्च, ३१ ढोका खोलियो

भाद्र ११ २०७८, शुक्रबार

सुनसरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शुक्रबार दिउँसो सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ५ सय १५ क्युसेक मापन गरिएको छ। पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्य ३१ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

पानीको बहाव उच्च भएकाले कोशी आसापासका वासिन्दालाई सर्तक र सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सप्तकोशी आसापासका क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको सशस्त्र प्रहरीको टोली विभिन्न स्थानमा उद्धारका लागि परिचालन गरिसकिएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ ।