• फाल्गुन २८ २०८२, बिहीबार

निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको विरोधमा सर्वोच्च अदालत जाने एमालेको निष्कर्ष

भाद्र १० २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेले दल दर्ताको प्रमाणपत्र दिएको पार्टी निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटीको विहीबार बसेको बैठकले एकीकृत समाजवादी पार्टीलाई दल दर्ताको प्रमाण पत्र दिने निर्वाचन आयोगको निर्णयको विरोधमा कानुनी उपचार खोज्दै सर्वोच्च अदालत जाने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहीबार बसेको एमाले केन्द्रीय कमिटीले माधव नेपाल समूहले दर्ता गराएको पार्टीको सनाखत प्रक्रियामा आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी प्रतिवाद गर्ने निर्णय गरेको गरेको हो ।

बैठकले १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए । बैठकले पार्टीको महाधिवेशन र बिधान अधिवेशन गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।