• बैशाख २७ २०८३, आईतवार

वीरगञ्जको सर्वोत्तम स्टिल उद्योगमा आगलागी, १५ जना घाइते

भाद्र १० २०७८, बिहीबार

काठमाडौँ। वीरगञ्जको सर्वोत्तम स्टिल प्रा.लि.मा आगलागी हुँदा १५ जना कामदार घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–२२ मनियारीस्थित सर्वोत्तम स्टिल प्रा.लि.मा  ग्याँस प्लान्टमा फलाम पग्लाउने भठ्ठीमा ग्याँस लिक भई भठ्ठी पड्केर आगलागी हुँदा उद्योगमा कार्यरत १ जना नेपाली तथा १४ जना भारतीय गरी १५ जना कामदार घाइते भएको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

घाइतेहरुमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ, भने ८ जना सामान्य घाइते भएका छन् । घाइते कामदारहरुको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ।

आगलागीबाट उद्योगमा भएको भौतिक क्षतिको विवरण यकिन हुन सकेको छैन ।