काठमाडौँ। नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्दा केही नेताहरुले धोका दिएको टिप्पणी गरेका छन् । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘केपी ओलीले प्रशंशा गर्नेलाई मात्रै च्याप्नु भयो । पार्टी सिथिल भयो । सिथिल मात्रै होइन मृत प्राय भयो’ विगतमा साथ दिएका नेताहरु भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य लगायतप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘यो देखेपछि हामीले विद्रोहको विगुल फुक्ने काम गर्यौ । लामो यात्रामा जाँदा कोही बिचैमा थाक्दा रहेछन् ।’ ‘थाक्ने, आँट घट्ने घटिरहन्छन् । अगाडि बढ्नेहरु लक्ष्य हाँसिल गर्न खोज्ने, देशलाई अघि बढाउन खोज्नेहरु अघि बढिरहन्छन्,’ उनले भने, ‘हामीले २०७७ चैतमा विद्रोहको विगुल फुकेका थियौँ । देशभरका कार्यकर्ताको भावनाको कदर गर्नतर्फ लाग्यौँ ।’
पार्टीका विद्रोेही नेता कार्यकर्ताकै साथ सहयोगले अगाडि बढेको उनको भनाइ छ ।
उनले पार्टीमा ओलीले गरेका भेदभाव र अन्यायपूर्ण व्यवहारले नै नेकपा विभाजनमा भूमिका खेलेको आरोपसमेत लगाए।